नेपालगन्जमा उपचारका क्रममा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

नेपालगन्ज । दाङका कोरोना सङ्क्रमित पुरुषको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा आज बिहान १०.२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उनको केही समय अगाडि मुटुको भल्भको अपरेसन गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २६ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशङ्कामा स्वाब परिक्षण गर्दा २७ गते कोरोना पुष्टि भएको थियो ।
त्यस पश्चात् कार्तिक २७ गते नै उनलाई भेरी अस्पतालमा लगिएको थियो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्