कंचनपुरका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु

नेपालगन्ज । कंचनपुरका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा उपचारका क्रममा मृत्युु भएको छ । कंचनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा आज विहान साढे ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २१ गते महाकाली अस्पतालमा भर्ना भएका उनमा २३ गते कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्यमा सुधार नभएपछि कार्तिक २६ गते विहान उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्