थ्रेसरमा च्यापिएर झापामा एक महिलाको मृत्यु
भद्रपुर, झापा । थ्रेसरमा च्यापिएर झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ८ बजेतिर चलिरहेको थ्रेसरमा ती महिला परेकी थिइन् ।
प्रहरीका अनुसार कपडा र कपाल तानेपछि थ्रेसरले महिलाको शरीर पनि भित्रै तानेको थियो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्