तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बजारमा भ्याक्सिन तयार हुन बित्तिकै खरिद गर्नेः मन्त्री ढकाल

सुनसरी । कोरोना नियन्त्रणका लागि विश्व बजारमा प्रभावकारी भ्याक्सिन तयार हुन बित्तिकै खरिद गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनु भएको छ ।

विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिककै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको उहाँले बताउनुभयो ।

बिहीबार विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको निरीक्षण गर्दै मन्त्री ढकालले भ्यासिन आयात गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताउनु भएको हो ।

औषधि उत्पादन गरिने राष्ट्रहरूले भ्यासिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अड्चनहरू हटाउनका निम्ती अत्याधेश तयार गरिएको जानकारी दिनुभयो ।

सरकारले देशभरि ३ हजार ५ सय अक्सिजन सहितको बेड थपिएको उपत्यकमा २ हजार र १ हजार ५ सय अन्य जिल्लाहरूमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button