तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ का कारण नवौ राष्ट्रिय खेलकुद समयमा नहुनेः खेलकुद मन्त्री

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको बार्षिक साधारणसभा भर्चुअलबाट नै गरिएको छ । जसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले कोभिड–१९ का कारण नवौ राष्ट्रिय खेलकुद समयमा नहुने बताउनुभयो

मन्त्री विश्वकर्माले नेपाली खेलकुद जिवनलाई सामान्यीकरण तर्फ अघि बढाउन सरकारले निर्णय गरेको बताउँदै जोखिम तथा सबै चुनौतीका बावजुद पनि खेलकुद अघि बढाउने जानकारी दिनुभयो ।

उद्घघाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले टोकियो ओलम्पिक परिषदले आफ्नो तयारी शुरु गरिसकेको बताउँदै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुलाई नेपाल बोलाएर भए पनि प्रशिक्षण दिने बताउनुभयो । कोभिड १९ का कारण एनओसीले आफ्नो साधारणसधा भर्चुअल मार्फत गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button