तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा २१ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज २१ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १२ पुरुष र ९ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा कोरोना निको हुने दर ९१.३६ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ६३ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button