रुपन्देहीमा स्वास्थ्यकर्मीसहित २ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा स्वास्थ्यकर्मीसहित २ सङ्क्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत ४८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । गत कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसीयुमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताउनुभयो ।
रुपन्देहीमा यसअघि पनि एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिवर क्लिनिकमा कपिलवस्तुका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका ६ का ७९ वर्षे पुरुषको मृत्यु भएको अस्पतलाका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्