तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ का ७७ वर्षीय पुरुष रहेका छन् ।
निमोनिया, सुगर, प्रेसर सम्बन्धी समस्या भई कात्तिक १९ गते अस्पताल भर्ना भएका उनको २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । कोभिड आइसियु कक्षमा उपचाररत उनको गएराती ८ बजेर १८ मिनेट जाँदा मृत्यु भएको प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button