तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाका नजिकै होल्डिङ्ग सेन्टर स्थापना

कञ्चनपुर  । कञ्चनपुरको पुनर्वास नगरपालिकाले सीमा नाका नजिकै होल्डिङ्ग सेन्टर स्थापना गरेको छ ।
भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने नागरिकहरूको गुनासो सुन्न र समस्या समाधान गर्न नेपाल-भारत सिमावर्ती क्षेत्र गौरीफन्टा नाका नजिकै डोकेबजारमा होल्डिङ्ग सेन्टर स्थापना गरिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताउनुभयो ।
विगतका दिनहरूमा सिमावर्ती क्षेत्रमा नेपालीहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नाकामा ओहोरदोहोर गर्ने नागरिकलाई कुनै किसिमको पनि दु:ख हुन नदिन होल्डिङ्ग सेन्टरको स्थापना गरिएको नगर प्रमुख थापाको भनाइ छ ।
युएसएआइडीको सहयोग र निड्स नेपालको साझेदारीमा पुनर्वास नगरपालिकाले होल्डिङ सेन्टरको स्थापना गरेको हो ।
होल्डिङ्ग सेन्टरको उद्घाटन कार्यक्रमका बीच निड्स नेपालले साझेदारी परियोजना मार्फत पुनर्वास नगरपालिकालाई होल्डिङ्ग व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्री  नगर प्रमुख थापालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button