बैजनाथमा गरीबका लागि कोभिड अस्पताल
बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले गरीब तथा विपन्न परिवारको उपचारकालागि कोभिड १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाँउपालिकाले सञ्चालनमा ल्याएको २० शैयाको कोभिड–१९ अस्पताको आतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
अस्पतालको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुको कोरोना उपचारका लागि अस्थायी रुपमा अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । रुचालले कोभिडको संक्रमणलाई फैलन नदिनुका साथै यसबाट संक्रमितहरुको उपचाकार लागि सञ्चालनमा ल्याईएको अस्पतालले न्यून आय आर्जन भएका नागरिकहरुलाई राहत हुने विश्वास ब्यक्त गर्नुभयो ।
उद्घाटनमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले प्रारम्भिक चरणमा गाउँपालिकाले गर्न सक्ने आफ्नो क्षमता अनुसारको कोभिड अस्पताल सञ्चालनमा ल्याईएको बताउनुभयो ।
कोभिड–१९ अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले हाल अक्सिजन सुबिधा सहतिको ५ शैया र अन्य सामान्य उपचारकालागि १५ शैयाको ब्यवस्था मिलाईएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्