श्रव्य पाठ प्रसारण सम्बन्धी सम्झौता
काठमाडौँ । रेडियो नेपाल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबीच शैक्षिक गतिविधि र बिषयगत श्रब्य पाठ प्रशारण सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।
सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार हरेक हप्ताको शनिबार बेलुका ७ः३० देखि ७ः४५ बजेसम्म र मंगलबार बेलुका ७ः ४० देखि ७ः ५५ बजेसम्म शैक्षिक गतिविधि कार्यक्रम प्रसारण हुनेछ भने शनिबार बाहेक हरेक बिहान १०ः१५ बजेदेखि १०ः४५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि २ः४५ बजेसम्म बिषयगत श्रब्य पाठ प्रशारण हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्