तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरुप्रसाद बराल, डा. तोषिमा कार्की, डा लेखजंग थापालगायतले राष्ट्रियसभाबाट संशोधनसहित पारित भई आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित  अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो ।

विधेयकमा विभिन्न अपराधको नमुना परीक्षणबाहेकका अध्ययन अनुसन्धान रिपोर्ट सबैले निःशुल्क प्राप्त गर्ने व्यवस्था गर्न, डिजिटल अपरालाई पनि प्रयोगशालाको कानुनमा समावेश गर्न र अपराधको प्रकृतिअनुसार परीक्षण अवधि तोक्ने सम्बन्धमा विधेयकमा स्पष्ट उल्लेख गर्नुपर्ने भन्दै सांसदहरुले प्रयोगशाला विधेयकमा प्रस्ताव गरिएको निजी क्षेत्रसँग सहकार्य गर्ने संवेदनशील भएकाले त्यसलाई थप स्पष्ट पार्नुपर्ने  विचार व्यक्त गर्नुभयो । 

दफावार छलफलमा प्रयोगशाला विज्ञ डा गोपाल चौधरीले जीवजन्तु तथा मानव शरीरका अङ्गहरूको प्रयोगशालामा परीक्षण र अस्पतालको अध्ययन फरक विषय भएकाले विधेयकमा सोही अनुसार व्यवस्था गर्न सुझाव दिनुभयो । 

त्यसैगरी समिति सभापति डा ओजस्वी शेरचनले अपराधको वैज्ञानिक अनुसन्धान र परीक्षण गर्न कानूनी व्यवस्थाका लागि छलफल भइरहेको उक्त विधेयक विस्तृत छलफल गरी पारित गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button