उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील छः मन्त्री गौरी कुमारी ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुु भएको छ ।
राष्ट्रियसभा विनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार इमान्दारिताका साथ लागि परेको बताउनुभयो ।
मन्त्री गौरीकुमारीले विभिन्न मन्त्रालयहरूबीच समन्वय र अन्तर–सम्बन्ध कायम गरी सहज उत्पादन, लगानी तथा व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति तर्जुमा गरी नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको जानकारी गराउनुभयो ।
मन्त्री गौरी कुमारीले विगतमा बन्द तथा रुग्ण हुन पुगेका उद्योग व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न छुट, सुविधा तथा सहुलियतको व्यवस्था ल्याइने बताउनुभयो ।
नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि कार्यदल गठन भई प्रतिवेदन तयारीको काम भइरहेको जानकारी गराउनुभयो ।
उहाँले उद्योग व्यवसायको प्रवद्र्धन, लगानी प्रोत्साहन, स्वदेशी उद्योग धन्दालाई छुट सुविधा, सहुलियत र हातमा सिप भएका तथा जोखिम बहन गर्न तत्पर युवाहरूलाई विना धितो कर्जा एवं व्यवसाय सम्बद्र्धन गर्न डिजिटल प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सुधार गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्