तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का विभिन्न जिल्लामा कोरोना संक्रमणले पाँचको मृत्यु

जनकपुरधाम । प्रदेश नंं २ को सप्तरी तथा सिरहा जिल्लामा गरेर आज ५ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सिरहा जिल्लाको विष्णपुर गाउँपालिका वडा नंं १ का वर्ष ८४ का पुरुष रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरि सप्तरी जिल्लामा कोरोना संक्रमणका कारणले ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरीको राजविराज नगरपालिका वडा नंं २ का वर्ष २८ का पुरुष, सोही जिल्लाको महादेवा गाउँपालिका वडा नंं ४ का वर्ष ३० का पुरुष तथा वडा नंं ६ का वर्ष ३० का अर्का पुरुष रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।

यसै गरि सप्तरी जिल्लाको विष्णपुर गाउँपालिका वडा नंं २ का वर्ष २६ की महिलाको पनि कोरोना संक्रमणका कारणले नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकहरुमा कोरोना सम्बन्धि विभिन्न लक्षणहरु रहेको कारणले कोरोना विभिन्न अस्पतालमा उपचारमा रहेको थिए ।

पछिल्ला पटक मृत्यु भएका मृतक संगै प्रदेशमा कोरोना संक्रमणका कारणले हालसम्म १ सय ८० जनाको मृत्यु भएको छ । जसमध्ये १ सय ४९ जना पुरुष तथा ३१ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जिल्ला स्तरमा पर्सा जिल्लामा ५०, सप्तरीमा ३१, सिरहामा २०, धनुषामा १९, वरामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३ र रौतहटमा १० जनाको कोरोनाले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख रहेको छ ।

यसै बीच पछिल्लो २४ घण्टामा प्रदेश नंं २ को विभिन्न जिल्लामा गरेर ४३ जनामा कोरोनाको संक्रमण भएको छ । धनुषामा ८, महोत्तरीमा ३, सिरहामा ६, सर्लाहीमा १, रौतहटमा ४, वारामा ७, पर्सामा ३ तथा सप्तरीमा ९ जनामा संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button