तपाईँ सुन्दै हुनुहुन्छः

भारत सरकारद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौँ । भारत सरकारले नेपाली सेनालाई दुईवटा घुम्ती अस्पताल सञ्चालनका लागि एम्बुलेन्स सहितका आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गिअड्डमा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो ।

नेपाल भारत सुरक्षा सहयोग आदान प्रदान सम्वन्धी १३ औं बैठकमा भएको सहमति अनुसार नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा ४ वटा ठूला एम्बुलेन्स, ४ वटा भेन्टिलेटर, एक्स्रे मेसिन, प्रयोगशाला उपकरण लगायत रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button