तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारको आरोपमा एक युवकविरुद्ध उजुरी

तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरका एक युवक विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास निवासी १९ बर्षका उमेश केसी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको पीडितले जानकारी दिएका छन् ।

बालिकाको स्वास्थ्य जाँच समेत गरिएको छ । बालिका मंगलबार दिउसो ३ बजे बलात्कृत भएको पिडितले बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय तुलीपुरले भने घटनामा संलग्न आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको बताएको छ ।

ओरोपी पक्राउ नपर्दासम्म र मेडिकल रिपोर्ट नआउँदासम्म केही भन्न नसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button