तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय वर्ष पुरानो तामाखानी ओझेलमा

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा थुप्रै तामाखानीहरु छन तर ती खानीहरु अहिलेसम्म ओझेलमा रहेका छन ।

हाल ती तामाखानीहरु भगनाअवशेस अवस्थामा रहेका छन् । सुनछहरी गाउँपालिकाको जैमाकसला, थनबाङ , जेलबाङ, खिबाङ, मिन्जाखोर भन्ने ठाउमा तामाखानी भेटाउन सकिन्छ ।

करीव २०० वर्ष पहिले तत्कालीन राणाकालिन सरकारले उत्खनन् गरेर प्रयोगमा ल्याएको तामाखानी देशको बदलिदो राजनैतिक परिवेशसँगै तत्कालिन शाही सरकारले उत्खननमा रोक लगाएको थियो त्यसपछि उक्त खानीहरु बन्द भएका छन ।

शान्ति प्रकृया सुरु भएको र तीन वटा सरकार कृयाशील रहेको लामो समय हुँदासम्म् खानीहरुको पुनः उत्खनन प्रबद्र्धन बिकास हुन सकेको छैन् ।

उत्खनन् गरेर प्रयोगमा ल्याउन सरकारको ध्यान गएमा स्थानीय तामा भाडा प्रयोगमा आउनुका साथै युवाहरुले रोजगार पाएर आफ्नै ठाउमा स्वरोजगार बन्ने अपेक्षा गरिएको स्थानीय हर्क घर्ति मगर ले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button