‘मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइने’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले आज बुझाएको १२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले संविधानको भावना र मर्मानुसार सञ्चारक्षेत्रलाई रुपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको तथा मिडियामा दलित सहभागिता र सरकारी अनुदानको विषयलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष विनोद पहाडीले सरकारी सञ्चारमाध्ययममा दलितको सहभागिता र दलित समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमको दर्ता तथा नवीकरणलगायत कर मिनाहासम्मको नीति ल्याउनुपर्ने माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्