तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा करदाता सेवा कार्यालयद्वारा काम सुचारु

अछाम । अछाम जिल्लामा करदाता सेवा कार्यालयले सेवा प्रवाह सुरु गरिएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र साँफेबगरमा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो ।

सोमबार देखि कार्यालयबाट सेवाहरु सुचारु गरिएको कार्यालयका प्रमुख राजेन्द्र बस्नेतले बताउनु भयो । कार्यालय प्रमुख बस्नेतका अनुसार यस अघि आन्तरिक राजस्व कार्यालय धनगढीबाट सेवा लिँदै आएका अछाम र बाजुराका करदातालाई सेवा कार्यालय साँफेबगरबाट सेवा दिइने छ । अछाम र बाजुराबाट करदाताले कर तिर्नकै लागि धनगढी जानु पर्ने बाध्यताको समेत अत्य भएको उहाँले बताउनु भयो ।

करसम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने काम करदाता सेवा कार्यालयबाट हुने छन् । कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तस्शुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालय मार्फत सुरु भएको करदाता सेवा कार्यालय प्रमुख बस्नेतको भनाइ छ ।

पहिले कर सम्बन्धि कामको लागि धनगढी जानुपर्ने बाध्यता भएका सेवाग्राही अब जिल्लामै सेवा पाउने भए पछि खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button