तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो मात्रामा लागुुऔषध बरामद

बारा । सशस्त्र प्रहरी बल बाराले ठूलो मात्रामा लागुुऔषध बरामद गरेको छ ।

सिम्रौनगढ नगरपालिका वडा नं.९ झरोखर पोखरी सिमाबाट ४ सय ५० पिस लागुुऔषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक रञ्जित भण्डारीले जानकारी दिनुुभयो ।

बरामद लागुुऔषधमा डाईजोपाम १ सय ५० पिस, नुुर्फिन १ सय ५० पिस र हाईडोक्लोराईड १ सय ५० पिस रहेका छ । भारतबाट लागुुऔषध लिएर आउँदै गरेको व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिनुुभयो ।

बरामद लागुुऔषधलाई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताउँनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button