तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु 

सप्तरी । सप्तरीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज सप्तरीको फार्मेसीमा कार्यरत २८ वर्षीय राजन साफीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । केही दिन कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा हुनुहन्थ्यो ।

शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको थियो । उहाँको आइसोलेसन केन्द्रमै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button