तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा १८७८ सहित थप ३ हजार ३०९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि

काठमाडौं । देशभर आज थप तीन हजार ३०९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार आज थप तीन हजार ३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यस्तै देशभर आज तीन हजार ८४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४४ हजार ९७८ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा एक हजार ८७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा थप एक हजार पाँच सय ७० जना, ललितपुरमा एक सय ८९ जना र भक्तपुरमा एक सय १९ जना गरी उपत्यकामा थप एक हजार ८७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button