अमेरिका निर्वाचन मतगणना परिणामः बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा

काठमाडौँ- अमेरिकाको राष्टपति निर्वाचनको अहिले सम्मको नतीजा हेर्दा बर्तमान राष्ट्रपति रिपब्लिकन दलका डोनाल्ड ट्रम्प र विपक्षि डेमोक्र्याटिक उम्मेदवार जो वाइडेनवीच कडा प्रतिष्पर्धा देखिएको छ ।
अहिलेसम्म कुल ५१ राज्य मध्ये ४० राज्यको अन्तिम परिणाम आइसक्दा ट्रम्पको २१३ इलेक्ट्रोल मत भन्दा डेमोक्र्याटि उम्मेदवार वाइडेनले २२० इलेक्ट्रोल मत प्राप्त गरि अग्रता हासिल गरेपनि बाँकी राज्यहरुमा दुवै उम्मेदवारबीच झीनो मतान्तरले प्रतिष्पर्धा चलिरहेकोले यसै भन्न सक्ने अवस्था छैन ।
५१ राज्यको जम्मा ५३८ इलेक्ट्रोल कलेज मतमा निर्वाचन जीत्नका लागि २७० इलेक्ट्रोल मतको आवश्यकता पर्दछ । दुवै उम्मेदवारहरुले अहिले सम्म आआफ्नो जीतको दावि गरिरहेको अवस्था छ । राष्ट्रपति ट्रम्पले मत गणना भइरहेका कतिपय राज्यमा आफ्नो जीत भइसकेको दावि गरेपनि धेरैले राष्टपतिको दावि झुठो रहेको र अन्तिम नतीजाका लागि अझै धेरै मत गणना गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति माइक पेन्सले समर्थकहरुलाइ केही वेर अघि सम्बोधन गर्दे आफ्नो जित हुने दावि गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले त केही स्थानको मत गणनाको प्रक्रियामा असहमति जनाउँदै त्यसलाइ रोक्नु पर्ने समेत बताउनु भएको छ ।बाँकी राज्यहरुको अहिले सम्मको गणनाको अवस्थाले दुई उम्मेदवारहरु वीचको जीतको अनुमान गर्न सकिन्छ ।
बाँकी राज्यहरुमध्ये डेमोक्र्याटिक उम्मेदवार बाइडेन्ले अग्रता लिएका राज्यहरुमा एरिजोना–११ मत, नाभेदा–६ मत ,मेइन–४, र ट्रम्पले अग्रता लिएका राज्यहरुमा विसकन्सिन–११ मत, मिसिगन–१६, पेन्सिलभानिया–२०, नर्थ क्यारोलिना–१५, जर्जिया–१६ रहेको छ ।यसरी हेर्दा , अग्रता लिएको सवै राज्यमा जित्ने हो भने बाइडेनको २२० मा २१ थप गरि २४१ हुने छ भने, ट्रम्पको २१३ मा ७८ थप भइ २९१ हुने छ । तर अग्रता लिएका सवै राज्यहरुमा धेरै मत गणना हुन बाँकी रहेकोले अहिलेको अग्रता अन्तिम सम्म कायम हुन नसक्ने भएकोले यसैलाइ अन्तिम अनुमान मान्न सकिन्न ।उहाले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् । उहाले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ ।’








प्रतिक्रिया राख्नुहोस्