तपाईँ सुन्दै हुनुहुन्छः

साहसिक खेल बन्जी जम्पमा रम्दैँ १३ बर्षका बालक


पर्वत– परिपक्व उमेर भएका मानिस समेत बारीको कान्लोबाट हाम फाल्नका लागि सिरिङ्ग आङ फुलाउने गर्छन् । पर्वतको कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन । तर साहस आँट भयो भने जस्तो सुकै उमेरको मानिसले पनि बन्जी खेल्न सक्छन् भन्ने उदाहरण पेश गरेका छन् १३ बर्षिय बालकले ।

पर्वतको सदरमुकाम कुश्माका १३ बर्षिय बालक मन्दिप क्षेत्रीले कुस्मा र बाग्लुङको बलेवा जोड्ने बिश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गरेका हुन् । क्षेत्री बिश्वकै दोस्रो बन्जीबाट जम्प गर्ने सबैभन्दा कम उमेरका बालक हुन । द क्लिफ प्रालिले निर्माण गरेको बन्जी जम्पले अभिभावकको अनुमति र प्रत्यक्ष उपस्थितिमा बालबालिकाकालाई पनि बन्जी र बिश्वकै अग्लो स्विङ गर्न दिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

‘सहासिक खेल भएका कारण आँट र दह्रो मुटु बनाउने बालबालिकालाई पनि यो अवसर दिएका छौ’ उहाँले भन्नुभयो ‘त्यसका लागि अभिभावक स्वयम उपस्थित हुनुपर्छ र अनुमति दिनुपर्छ ।’ द क्लिफले बिश्वकै अग्लो स्विङ, बिश्वकै दोस्रो अग्लो बन्जी नेपालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङलाई कार्तिक १५ देखि ब्यबसायिक रुपमा सञ्चालन ल्याएको छ ।

निजी लगानीमा ५ सय २५ मिटर लामो एसियाकै नमुना पुल तथा बन्जी, स्विङ, गुलेली पिङ, स्काई साइक्लिङ, रिर्सोट निर्माणका लागि झण्डै २८ करोड रुपैया खर्च भएको छ । अहिले दैनिक झण्डै ५० जनाले बन्जी र स्विङ गरिरहेका अध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button