तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आज ३६३ जना कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज मंगलबार ३६३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६० जना डिस्चार्ज भएका छन् । वि.जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आईसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आईसोलेसन सुनसरीबाट १९, विराट मेडिकल कलेज र गढी आईसोलेसन केन्द्रबाट १४–१४, जिल्ला अस्पताल संखुवासभाबाट ७, रुम्झाटार आईसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट १–१ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ७३६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button