कोरोना बीमा गर्ने ह्वात्तै बढे

सोलुखुम्बु । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण सोलुखुम्बुमा पनि पछिल्लो समय बढ्दै जाँदा बीमाप्रति आर्कषण बढेको छ । सोलुखुम्बुमा गत बैशाख ४ गतेदेखि अहिलेसम्म तीन हजार पाँच सय व्यक्तिले कोरोना बीमा गरेका छन् ।
कोरोनाको सङ्क्रमण बढ्दै गएसँगै विभिन्न कार्यालयले समेत आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि पोलिसी किन्नेको संख्या ह्वात्तै बढेको सोलुखुम्बुमा रहेको आइएमई जनरल इन्स्योरेन्सका शाखा प्रबन्धक खगेन्द्र बनले जानकारी दिनुभयो ।
त्यस्तै, हालसम्म सोलुखुम्बुका १२ जना सङ्क्रमितले बीमा रकम दाबी गरेका छन् । उनीहरुको भुक्तानी हुन बाँकी रहेको शाखा प्रबन्धक बनको भनाइ छ । भदौ भन्दा अघि बीमा गर्नेका लागि पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ भने त्यसपछि बीमा गरेकाहरुका लागि भने सङ्क्रमित बिरामीले गरेको उपचार खर्चको विवरण पेश गर्नुपर्ने छ ।







प्रतिक्रिया राख्नुहोस्