तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कोरोनाको संक्रमणको जोखिममा

जनकपुरधाम। दशैंमा भएको भिडभाडका कारणले धनुषामा संक्रमणको दरमा केही बृद्धि भएको छ । पछिल्लो दुई दिनमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मात्र लक्ष्ण भएका २५ जनामा कोरोनाको संक्रमणको पष्टि भएको छ ।

खास गरेर दशैमा विभिन्न शक्तिपीठ तथा हाट बजारहरुमा सर्वसाधारणको भिड देखिईएको र राजदेवी सहितको शक्तिपीठमा बलिप्रदान समेत भएका कारणले संक्रमणको दरमा बृद्धि भएको छ ।

जनकपुरधाममा कोरोनाको संक्रमण बढेकाले थप सुरक्षा सावधानी अपनाउन आवश्यक रहेको जनस्वास्थ्य विद्हरुले जनाउनु भएको छ ।

दुई दिनमा लक्ष्ण भएकाहरुको परीक्षण गर्दा २५ जनामा संक्रमण देखिईएकाले लक्ष्ण नभएकाहरुको संख्या अझै हुने भएकाले कोरोनावाट जोगिने उपायहरु अवलम्बन गर्नु पर्ने आवश्यकता बढेर गएको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना विषेश अस्पतालका कोर्डिनेटर डा. जामुन प्रसाद सिहले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. श्रवण कुमार मिश्रले पहिला भन्दा अहिले संक्रमणको दर केही बढेको स्वीकार गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रदेश नंं २ सरकारले कोरोनाको आशंका भएका व्यक्तिहरुको कोरोना परीक्षण निःशुल्क रुपमा गरिरहेका छन् । खास गरेर लक्ष्ण भएकाहरुको मात्र परीक्षण गर्ने काम भईरहेको निर्देशक मिश्रले जानकारी दिनुभयो ।

खास गरेर जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु खुल्ला रहेको र बजारहरु पनि दिन भरि नै खुलेका कारणले कोरोनाको जोखिम अत्यधिक मात्रामा रहेकाले विना काम भिडभाडमा जान नहुने जानै परेको खण्डमा सुरक्षा सावधानी अपनाउनुको विकल्प नभएको चिकित्सकहरुले बताउनु भएको छ ।

अहिले मौसममा परिवर्तन आएका कारणले पनि थप सतर्कता अपनाउन जरुरी रहेको पनि चिकित्सकहरुले बताउनु भएको छ । यसै गरि मिथिलाञ्चल क्षेत्रको सवै भन्दा ठूलो छठ पर्व पनि तथा दिपावली आउन बाँकी नै रहेकाले जोखिम यथावत रहेका छन् । बजारमा पनि विना मास्क हिड्ने तथा किनमेल गर्नेहरु अत्यधिक मात्रामा देखिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button