तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त

रुपन्देही । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त हुनुभएको छ ।

प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कार्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिनुभयो ।

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button