सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २६ पुग्यो

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्वर ६ का ३० वर्षीय कोरोना संक्रमित युवकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि युवकलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सोही क्रममा उनको कोरोना परीक्षण रिपोर्ट सोमवार नै पोजेटिभ आएको र थप उपचारको लागि कोभिड अस्पतालमा भर्ना गर्न नपाउँदै मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले बताए । उनका अनुसार मृतक युवकमा कुनै दीर्घ रोग भने थिएन ।
यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्