पाल्पामा कार दुर्घटना : उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्ष घाईते

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–३, बेलउतीडाँडा पाल्पामा कार दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् ।
बुटवलबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार हिजो बेलुका दुर्घटना हुँदा कोहोलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य गम्भिर घाईते भएका हुन् ।
घाइते ४८ वर्षीय चक्र अधिकारीको अवस्था गम्भिर रहेको र वर्ष ४५ का किशोर आचार्यको अवस्था मध्यम रहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचारप्रसारमा हिँडेका अधिकारी र आचार्य घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार सडकबाट १५० मिटर तल खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्