तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण जनप्रतिनिधिको मृत्यु

नेपालगञ्ज  । बाँकेमा कोरोना सङ्क्रमणका कारण एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की वडा सदस्य घरबारी टोल निवासी ६७ बर्षीया शान्ति परियारको आज विहान साढे १० बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उहाँमा कार्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

श्वासप्रश्वासमा समस्य आएपछि कार्तिक ४ गते परियार अस्पताल भर्ना हुनुभएको थियो । योसँग  बाँकेमा कोरोना सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button