तपाईँ सुन्दै हुनुहुन्छः

आकाशदीप दान शुरु  

काठमाडौं । प्रत्येक वर्ष झैँ आश्विन शुक्ल पूर्णिमाका दिन आजदेखि कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शुरु भएको छ ।

कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाराधना र आकाशदीप दान गरिन्छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान विष्णुलाई समर्पण गरी बालिन्छ ।

कार्तिक स्नान गरी घरघरमा विशेष रुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button