बाँकेमा ३८ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज
नेपालगन्ज । बाँकेमा आज ३८ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।
डिष्चार्ज हुनेमा २० पुरुष र १८ महिला छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या २ हजार ८ सय २४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जिल्लामा कोरोना निको हुने दर ९०.८० प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ५६ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्