तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको ठाँटीमा अस्थायी प्रहरी पोष्ट स्थापना

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका ६ को ठाँटीमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।

गाउँमा प्रहरी पोष्ट बसेपछि स्थानीयबासीले शान्ति सुरक्षाको महशुस गरेका ६ वडा अध्यक्ष भक्तबहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाबाट प्रहरी पोष्टको माग भइ आएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शुक्रबारदेखि प्रहरी सहायक निरीक्षकको कमानमा नौ जनाको टोली राखिएको जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताउनु भएको छ ।

उक्त पोष्ट बसेपछि अपराधीक क्रियाकलापका घटनामा कमी आउने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button