तपाईँ सुन्दै हुनुहुन्छः

शेयरको कारोबार तीन अर्ब रुपैयाँ माथि

काठमाडौँ । यो साताको अन्तिम कारोवारको दिन बिहीवार नेपाली शेयर बजारको कारोबार रकम तीन अर्ब रुपैयाँ माथि पुगेको छ । नेप्से परिसूचक भने यस दिन अभिल्लो दिनको तुलनामा केही घटेको छ ।

वाणिज्य बैंकहरुले उचालेको बजार बिहीबार त्यही समूहले झरेको छ । दसैं बिदाको एक दिन अगाडि दुई अर्बको कारोबार भएको बजारमा बिदा सकिएर खुलेपछि बुधबार पौने तीन अर्बको भएको थियो भने बिहिवार ३ अर्ब ३ करोड नाघेको छ ।

बिहिवार वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र म्युचुअल फण्ड समूहको कारोवार घटेको छ । बीमा र लघुवित्तको भने बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button