तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा उपचाररत दाङका एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत दाङका एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ बर्षीय पुरुषको आज दिउँसो ३:५० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि मधुमेहका विरामी उनमा कार्तिक १० गते कोरोना पुष्टि भएको थियो । उनी कार्तिक १० गते नै अस्पताल भर्ना भएका थिए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि गएका १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button