गैँडाकोटमा मोटरसाईकल दुर्घटनाः चालकको मृत्यु
चितवन- पूर्वि नवलपरासीको गैँडाकोटमा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको बारागढी गाँउपालिका वडा नं. ४ बस्ने अन्दाजी २५ वर्षका गौतम चौधरी रहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
चौधरीले चलाएको लु ४३ प ६८९७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भै दुर्घटना भएको हो । उनि पूर्ववाट पश्चिम तर्फ जादै थिए । दुर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा गएराति पौने ९ वजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतवको शव पोष्ट मार्टमको लागी भरतपुर अस्पतालमा राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्