तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियनद्वारा पत्रकारहरुलाई सहयोग हस्तान्तरण

सुनसरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चार माध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको १० हजार रुपैँया हस्तान्तरण गरेको छ ।

‘प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले धेरै राहत र हौसला प्रदान गर्नुभयो, म अत्यन्तै खुसी छु’ पत्रकार आसीस यादवले भने ।

नेपाल प्रेस युनियन सुनसरीले घरघरमा पुगेर दसैँ खर्च बापत सहयोग गरेपछि यादव जस्तै सुनसरीका २० जना कोरोना पीडित पत्रकारले राहत महसुस गरेका छन् ।

कोरोना बिमा बापतको रकम तत्काल उपलब्ध नहुने भएपछि युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी आफैले हरेक पत्रकारलाई १० हजारका दरले सहयोग गरेका हुन् ।

कोरोना सङ्क्रमण सुरु भए लगत्तै युनियनले सुनसरीका सम्पूर्ण पत्रकारको कोरोना बिमा गरिदिएको थियो । सोही बापतको रकम आउने ढिला हुने भएपछि दसैँ खर्च बापत सहयोग उपलब्ध गराएको अधिकारीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button