तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण पाल्पामा दशैको चहलपहल लगभग सून्य

पाल्पा-हिन्दुहरुको महान चाड विजयादशमी जतिजति नजिकिदै गए पनि यो वर्ष पाल्पा जिल्लामा खासै चहलपहल छैन वर्षको एकपटक आउने यो चाडको आगमनलाइ विगतका वर्षहरुमा मानिसहरु निकै उल्लासका साथ लिने गर्दथे तर विश्वमा नै महामारीका रुपमा रहेको कोरोना महामारीका कारण यस वर्ष चहलपहल नभएको हो ।

विगतमा घटस्थापनाको सुरुवात संगै वढेको मानिसहरुको खुशी र चहलपहल फूलपाति सम्म आइपुग्दा निकै नै उत्कर्षमा पुगेको हुन्थ्यो तर फूलपातिमा पनि यसपालि चहलपहल नभएपछि मानिसहरु भन्न थालेका छन ’दशै आइसकेको हो र ?’

पोहरपरार यतिबेला घरघरमा र देवालयमा देवी दुर्गाको आराधना र उपासना पनि वाक्लै हुने गरेकोमा अहिले देवालय सून्य जस्तै छन । खासगरी जिल्लाको एसियाकै सबैभन्दा ठूलो त्रिशुल रहेको भैरवस्थान, जिल्ला सदरमुकामको प्रसिद्ध रणउज्जेश्वरी भगवती देवीको मन्दिर लगायत यहाका कोटघरहरुमा दर्शनार्थीहरुको चहलपहल छैन । यहाको भैरवस्थान मन्दिरमा सुरक्षा मापदण्ड अपनाएर पुजाआजा गरे पनि मानिसहरुको चहलपहल नभएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष तुलवहादुर अधिकारीले वताउनुभयो ।

प्रवास र देशकै विभिन्न स्थानबाट एक वर्षको चाडलाई मनाउनको लागि मानिसहरु घर फर्कने क्रम पनि घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्ले यसपटक सवारी साधनमा मानिसहरुको संख्या निकै कम रहेको वताउनुहुन्छ ।

गाउघरमा घर पोत्नका लागि कमेरो रातो माटो जम्मा गर्ने लहर घरघरमा सरसफाई, बाटो खन्ने काम त देखिन्छ तर जिल्ला सदरमुकाम तानसेनमा किनमेल गर्न आउनेको भीड निकै कम छ, भने विद्यालय र क्याम्पस बन्द भएकाले कोरोना संक्रमणको डरले चैतदेखि नै गाउमा गएका विद्यार्थी फर्केका छैनन ।

अरुबेलाको गाउँ शुन्य र शहर चहलपहल भन्दा अहिले गाउँ रमाइलो हुने गरेकोमा गाउ पनि सून्य सून्य लाग्न थालेको छ । निकै वर्ष पछि गाउँ फर्कैकाहरु भेटघाट, शुभकामना आदानप्रदानमा व्यस्त हुने वातावरण नै वनेको छैन । किनमेल र हालखवरको आदान प्रदान नया योजनाको तयारी पनि आर्थिक संकटका कारण मानिसहरुले वनाउन सकिरहेका छैनन ।

फूलपातिमा पनि सून्यता :

दशैको सातौ दिन यहाको गोरखदल गणले विगतका वर्षमा धुमधामसँग फुलपाति भित्राउने प्रचलन रहेकोमा यसपटक भने स्वास्थ्य सावधानी अपनाएर परम्परालाई धान्नका लागि मात्रै सम्पन्न गरिएको गणका सेनानी मनोज डंगोलले जानकारी दिनुभयो । फूलपाति पाल्पा दरवार अगाडि रहेको दशै घरबाट नागपोखरी व्यारेकमा भित्राउने प्रचलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button