नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढ्यो
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहको कारेवार बढेर हरियाली देखिएको हो ।
नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।
सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ ।
दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।
सोमवार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्