घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालन
दाङ । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
संस्थानका अध्यक्ष वसन्त गिरीले घोराही–१४ को राप्ती टोलमा पहिलो चरणमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याईएको र आगामी दिनमा दाङमा दूध सङ्कलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण गरिने बताउनुभयो ।
अध्यक्ष गिरीले कोरोना महामारीका बेलामा बजारमा दूधको खपत आधा घटेको बेलापनि दुग्ध विकास संस्थानले कृषकले उत्पादन गरेको दूध खरीद गरी व्यवस्थापन गरिरहेको बताउनुभयो ।
मुलुकभर संस्थानको दुई लाख लिटर दूध विगतमा खपत हुने गरेकामा हाल त्यसको खपत झण्डै आधा घटेको दुग्ध बिकास संस्थानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्