कैलालीमा सम्पर्क विहिन प्रहरी सहायक निरीक्षक मृत भेटिए
धनगढी । कैलालीमा गएराती देखि सम्पर्कविहिन प्रहरी सहायक निरीक्षक गोविन्द बिक मृत भेटिएका छन् भने प्रहरी जवान अझै सम्पर्कविहिन रहेका छन् ।
धनगढी उपमहानगरपालिका १२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक नेपाल÷भारत सिमानाका मोहना नदीमा मृत भेटिएको प्रहरीले
जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले उनीसगै ड्युटीमा खटिएका प्रहरी जवान रामबहादुर साउद अझैसम्म सम्पर्कबिहिन रहेको र उनको खोजी कार्य भईरहेको बताउनुभयो । सहायक प्रहरी निरीक्षक बिकको घाटीमा चोटपटक रहेको र घटनाको अनुसन्धान भईरहेको उहाले बताउनुभयो ।
प्रहरीका अनुसार ड्युटीका क्रममा गएराती १० बजेपछि प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद सम्पर्कबिहिन भएका थिए । घटनास्थल रहेको उक्त सिमानाका चोरी पैठारी तस्करी हुने क्षेत्रका रुपमा लिईने गरिएको स्थानीयको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्