तपाईँ सुन्दै हुनुहुन्छः

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : अझै शुरु भएन विद्युतगृह निर्माण कार्य

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम ३० प्रतिशत सम्पन्न भइसक्दा समेत विद्युतगृह निर्माणको टुङ्गो लागेको छैन ।

यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढाएको हो । आयोजनामा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)ले सुरुङ निर्माण सम्पन्न गरेको एक वर्ष बढी भइसक्दा समेत बबईमा विद्युतगृह (पावरहाउस) निर्माणको कुनै सुरसार भएको छैन ।

भेरी नदीमा बाँध (ड्याम साईट)ंको काम समेत सोचे जति प्रगति हुन नसक्दा आयोजना तोकिएककै समयमा सम्पन्न हुनेमा थप आशंका उब्जिएको हो ।

सुरुङ खन्ने काम निकै तीव्र गतिमा भएपनि त्यहाँबाट पानी ल्याएर विद्युत उत्पादन गर्नुपर्ने विद्युत गृहको काम सँगसँगै लैजान नसक्दा यो आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखिएको छ ।

भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९, को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१, को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना निर्माण थालिएको हो ।

भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्रको १२ किलोमिटरसुरुङ खन्ने काम लक्ष्यभन्दा १० महिना अगावै सम्पन्न भइसकेको छ ।

अहिलेकै गतिमा आयोजना अघि बढे तोकिएको समयमा काम सम्पन्न नहुने आशंका प्रवल देखिएको सम्बद्धहरु बताउँछन् । भेरी बबई डाईभर्सन आयोजनाका ईन्जिनियर शम्भुराज पण्डितले आयोजनाको दोस्रो चरण अन्तर्गत गत वर्षको भदौंदेखि शुरु भएको (ड्याम साईट) बाँध स्थल निर्माण कार्य कोरोना महामारी लगायतका कारणले भौतिक प्रगति कम देखिएको बताउनुभयो ।

उहाँले यस वर्ष मनसुन सोचेभन्दा पहिले नै शुरु भएकाले बाँध साइट (कफर ड्याम) बनाउने कार्यमा समेत बाँधा अड्चन पुग्न गएकाले ढिलाई हुन गएको जनाउनुभयो ।

‘पहिले बनाएको (कफर ड्याम) वर्षातमा बाढीले केही क्षति पुर्याए पनि अहिले नदीको पानी कम हुँदै गइरहेकाले निर्माण कार्य अब तीव ्रगतिमा अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘बाँधको फाउण्डेशन पुरा हुने वित्तिकै अन्य कामहरुले गति लिने हुँदा त्यसअघि पूर्वाधार निर्माणका लागि अहिले नदीको पानी डाईभर्ट कार्य, मेचिङ्ग प्लान्ट निर्माण, कंक्रिट प्लान्ट निर्माण, रोडहरु बनाउने काम, आवास निर्माणलगायतका कामहरु भइरहेका छन् ।’

उहाँले बाँध र विद्युत गृह बनाउने जिम्मा एउटै ठेकेदारको भएकाले पहिले ड्याम साईटको फाउण्डेशनको काममा जोड दिईएको बताउनुभयो । उहाँका अनुसार सोचे अनुसार निर्माण कार्यले प्रगति लिन नसकेको खण्डमा एकै साथ दुबै साइटमा निर्माण कार्य सञ्चालन गरिने छ ।

उहाँले आयोजना निर्माण कम्पनीलाई पहिलो चरणमा भेरीमा बाँध (ड्याम) र दोस्रो चरणमा बबईमा विद्युतगृह (पावसहाउस) निर्माणको प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको बताउनुभयो ।

उहाँका अनुसार अहिले बाँध साइट निर्माणकै कार्यमा जोड दिन लगाइएको छ । यद्यपि ! आयोजना पक्षले त्यस्तो बताएपनि राष्ट्रिय गौरवको आयोजना भेरी–बबईको बाँध (ड्याट साईट) कै निर्माण प्रगति कमजोर देखिएको छ । हेडवर्क्स, पावर हाउस, सर्ज साफ्ट, पेनस्टकजस्ता सिभिल संरचनाको काम पनि अझै बाँकी रहेका छन् ।

आयोजनाले २०६४ सालदेखि नै प्रत्येक वर्ष सरदर एक अर्ब रुपैयाँ खर्च गर्दै आईरहेको छ । दोस्रो चरणको ठेक्का अन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माण कार्यको जिम्मा चिनियाँ कम्पनी गुआंग्डोङ तथा नेपालको रमण निर्माण जेभीले पाएका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युतगृहलगायतका संरचना पर्दछन् ।

यसका लागि आयोजनाले छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको कम्पनीले सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९/०८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

निर्माण चुनौती थपिँदै
कर्णालीको समृद्धिसँग जोडिएको आयोजनामा बेला–बोल आउने विभिन्न प्रकारका अवरोधले तोकिएकै समयमा सम्पन्न हुनेमा अर्को आशंका बढेको छ । स्थानीय र निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका प्रतिनिधि बीच उत्पन्न विवादमा आयोजना कार्यालयले मध्यस्तकर्ताको भूमिका खेल्न नसक्दा थप जटिलता बढ्दै गएको छ ।

निर्माण ठेकेदार कम्पनीले स्थानीयबाट उत्पन्न बारे आयोजना कार्यालय सुर्खेतसँगै मुख्य कार्यालय काठमाडौंमा पटक–पटक जानकारी गराउँदा समेत मौन रहेको जनसम्पर्क अधिकारी पिताम्वर सापकोटा बताउँनुहुन्छ । उहाँले आयोजना कार्यस्थलमा निर्माण कम्पनीले भोग्नु परको समस्या बारे आयोजना प्रमुखलाई जानकारी गराउँदा समेत चित्त बुझ्दो उत्तर पाउन नसकिएको जनाउनुभयो ।

उहाँका अनुसार यस्ता समस्या ठेकेदार कम्पनी स्वयंमले मिलाउनुपर्ने र यसमा आयोजनाले केही गर्न नसक्ने जस्ता जवाफ पाइन्छ । आयोजनाले अझै जग्गा मुआव्जा तथा अधिग्रहण लगायतका केही काम अझै बाँकी रहेका छन् ।

प्राविधिक समस्या उस्तै
आयोजना तोकिएकै समयमा सम्पन्न गर्न केही प्राविधिक समस्याहरु देखा पर्न थालेका छन् । फाइनल डिजाइन गरिएपछि सोही अनुसार निर्माण ठेकेदार कम्पनीले काम शुरु गरेपछि कुनै समस्या देखिएमा डिजाइन परिमार्जन गर्नुपर्ने चलन छ । तर ठेकेदार कम्पनीले काम शुरु गरेको एक वर्षभन्दा बढी भइसक्दा समेत पुनः डिजाइनको काम हुन नसक्दा निर्माण कार्यमा ढिलासुस्ती भइरहेको प्राविधिकहरु बताउँछन् ।

आयोजनाको मुख्य भाग मध्येको एक पावरहाउस निर्माण कार्य रि–डिजाइनको अभावमा हालसम्म निर्माण कार्य शुरु नै हुन सकेको छैन् । ठेकेदार कम्पनीका अुनसार साइट हस्तांतरण कार्य हुन नसकेकाले हालसम्म पावरहाउस निर्माण कार्य शुरु गर्न नसकिएको हो । नियमतः गौरवका आयोजना निर्माण कार्यमा आयोजना तथा कन्सल्टेन्टको अनिवार्य उपस्थिति हुनुपर्ने भएपनि हालसम्म उनीहरुको उपस्थिति रहेको छैन् । प्रत्यक्ष सरोकार राख्ने निकायको अभावमा एक वर्ष वित्नै लाग्दा समेत तोकिएको समयमा पावर हाउस निर्माणको काम शुरु हुन नसक्दा ठेकेदार कम्पनी समेत हतोत्साहित भएको बताउँछन् ।

कम्पनीका जनसम्पर्क अधिकारी सापकोटाले प्रोजेक्टको डिजाईन वीचमै बद्लिने, साईट हस्तान्तरण नहुँने, ठेकेदारलाई समयमा भुक्तानी दिन नसक्ने जस्ता समस्याले आयोजना निर्माण कार्यमा ढिलाई हुने गरेको बताउनुभयो । उ

हाँले पाँच वर्ष भित्रै सक्नु पर्ने आयोजनाको काम एक वर्ष बढी बितिसक्दा समेत सन्तोषजनक कार्य प्रगति हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button