तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह मुक्त वडा घोषणा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ९ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ । गत फागुन देखि चैत्रसम्म विद्यालय र टोलटोलमा सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको वडाले विहीबार बाल विवाह मुक्त वडा घोषणा गरेको हो ।

नेकपा शुक्लागण्डकीका अध्यक्ष मुक्तिनाथ तिम्सेनाले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यन्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताउनुभयो । तिम्सेनाले धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझन् बर्तमान समयको माग रहेको जनाउनुभयो ।

वडाध्यक्ष लोक नारायण श्रेष्ठले प्रत्येक टोलका अभिभावक र विद्यालयहरुमा प्रत्यक्ष रुपमा किशोरीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर बालविवाहको असरबारे जानकारी दिइएकोले कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गर्नुभयो । उहाँले प्रत्येक घरमा बालविवाह गर्न नपाइने स्टीकर टाँस गर्ने र कतै हुन लागेको खण्डमा प्रशासनमा जानकारी गराउन समेत आग्रह गर्नु भएको छ ।

नगरपालिकाको विभिन्न वडामा हरियो बन, यूएसएआईडी लगायतका गैरसरकारी सस्थाहरुको पहलमा बाल विवाह मुक्त वडा घोषणा भई रहेका छन् । यस अघि नगरपालिकाको वडा न १० समेत बाल विवाहमुक्त वडा घोषणा भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button