तनहुँमा २६ जनामा एकैपटक कोरोना संक्रमण
तनहुँ । तनहुँमा सोमबार एकैपटक २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको व्यास नगरपालिकाका ११, शुक्लागण्डकी नगरपालिकाका ७, भिमाद नगरपालिकाका ४ तथा बन्दिपुर गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित हुनेमा व्यास–१ का २७, १५ १३ वर्षका पुरुष र २६ वर्षकी महिला, व्यास–२ की ३४ वर्षीया महिला, व्यास–३ का ४० वर्षका पुरुष, व्यास–४ का ३६ वर्षका पुरुष र २५ वर्षीया महिला, व्यास–८ की ४२ वर्षकी महिला, व्यास–१० का ३१ वर्षका पुरुष र व्यास–१४ का २८ वर्षकी महिला पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–५ का ४६ , २९ वर्षका पुरुष र ३८ वर्षकी महिला, शुक्लागण्डकी–७का ४३ वर्षका पुरुष, २६ वर्षीया महिला र ८ वर्षकी बालिकामा संक्रमण भेटिएको छ ।
यस्तै शुक्लागण्डकी–४का ४१ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
भिमाद–६ का २१, ३५, ५० वर्षकी महिला र १७ वर्षका संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बन्दिपुर–१ का ४६, ३० वर्षीय पुरुष र ३३ र ३८ वर्षीया महिलामा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्