तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ ।

भक्तपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको हो । भक्तपुर नगरपालिका–५ भेलुखेलका ५९ वर्षीय घाँटीको क्यान्सर पीडित पुरुषको हिजो साँझ उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।

स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएको र पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । ती मध्ये ११ महिला र २८ पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button