अछाममा पहिलो पटक सुपथ मूल्य पसल सञ्चालन
अछाम । अछाममा पहिलो पटक सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै अछाममा पहिलो पटक सुपथ मूल्य पसल सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खाद्य व्यवस्थापन समिति अध्यक्ष गोकर्ण प्रसाद उपाध्ययाले सुपथ मुल्यको पसल स्थापना हुनु अछामका लागि नौलो कुरा र सराहनीय काम भएको बताउनु भयो ।
नागरिकलाइ सरकार साथमै रहेको अनुभूति दिलाउने पहल स्वरुप खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाले सुपथ मुल्य पसल संचालनमा ल्याएको भन्दै धन्यवाद समेत दिनु भयो । साथै उहाँले चाडवाड नजिकिएसंगै नागरीकका आवश्यक्ता र अपेक्षालाइ पुरा गर्न सुपथ मुल्य पसलले बिशेष भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।
यस्तै सुपथ मूल्य पसलको उद्धघाटनमा जिल्ला समन्वय समिती अछामका प्रमुख नरबहादुर कुंवरले विगतको दिनमा पनि संस्थाले नागरिकलाइ भोकै नराखेको र आगामी दिनमा पनी सुपथ मूल्यमा नागरिकका आवश्यक्तालाइ परिपूर्ति गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्तालाइ सहज हुने भएको छ । पसलमा प्रति क्वीन्टल ४८ सय पर्ने मोटो चामलको ४३ सय तथा ५८ सय पर्ने सोना स्टीम चामलको ५३ सयमा पाईने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्