बैतडीमा आज जिप दुर्घटना हुँदा १० जना घाइते

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउ तर्फ जाँदै गरेको से १ ज ८ नम्बरको जिप दुर्घटना हुँदा १० जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ४ का ४५ बर्षीय बलबीर सार्की, २८ बर्षीय प्रेम सार्की, ६२ बर्षीय बहादुरराम सार्की, २६ बर्षीय अर्जुन सार्की रहेका छन् । यस्तै सोही ठाउँका २६ बर्षीय अर्जुन सार्की, ६६ बर्षीय रामीराम सार्की, २८ बर्षीय राजेन्द्र सार्की, २७ बर्षीय राइजनराम सार्की, ३१ बर्षीय सुरेशराम सार्की र २८ बर्षीय सुरेश सार्की पनि घाइते भएका छन् ।
घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन भने दुर्घटना बिहान १० बजेतिर भएको हो ।








प्रतिक्रिया राख्नुहोस्