तपाईँ सुन्दै हुनुहुन्छः

काम नगरी भुक्तानी दिएपछि अख्तियारको फन्दामा

रुपन्देही । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेशन सम्वन्धी विवादास्पद कागजात सम्बन्धी अख्तियारले अनुसन्धान शुरु गरेको छ ।

कर्मचारीको मिलेमतोमा काम सम्पन्न नगरी भुक्तानी दिएको समाचार सार्वजनिक भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले कागजातहरुको अनुसन्धान सुरु गरेको सूचना अधिकारी सुरेश भुषालले जानकारी दिनुभयो ।

मन्त्रालयले थ्रीडी भर्चुअल टुर गाइड एप्लिकेसन निर्माणका लागि पिकासो इन्फो डेभलपर्स सट्याक जेभीसँग ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो । तर कम्पनीले काम नै सम्पन्न नगरी ७५ लाख रुपैयां भुक्तानी लगिसकेको छ ।

भुसालले भुक्तानी प्रक्रिया, प्रगति विवरण सवै कागजातहरु लिइसकेको र अहिले कागजपत्रमा नै अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रदेशका प्रमुख पर्यटकीयस्थल, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायात लगायतका क्षेत्रहरुलाई समेट्ने गरी निर्माण गर्ने भनिएको थ्रिडी भर्चुवल टुर गाइड एप्लिकेशन अहिलेसम्म तयार भइसकेको छैन ।

तर उक्त कम्पनीले असार मसान्तभित्रै सम्पन्न गर्नुपर्ने भएपनि असार मसान्तमा बजेट फ्रिज हुन्छ भन्दै मन्त्रालयका कर्मचारीको मिलेमतोमा उक्त कम्पनीलाई भुक्तानी दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button