राष्ट्रिय सहकारी विकास बोर्डद्वारा रणनीतिक योजना निर्माण
काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले २५ वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डले बुधबार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई उक्त रणनीतिक योजना हस्तान्तरण गर्नभएको हो ।
कार्यक्रममा मन्त्री अर्यालले संविधानले व्यवस्था गरेको तीनखम्बे अर्थ नीतिको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको २५ वर्षे रणनीतिक योजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न गुणस्तरीय र प्रविधियुक्त सहकारीले उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
अबको २५ वर्षमा नेपालको सहकारी कस्तो हुने भन्ने भिजनसहितको रणनीतिक योजना तत्काल कार्यान्वयन गरिने पनि मन्त्री अर्यालले बताउनुभयोे ।








प्रतिक्रिया राख्नुहोस्